धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री ओम विक्रम भाट (सरल) ले कैलाली र कञ्चनपुरका नागरिकमाझ पुगेर धान दिवस मनाएका छन्। आज (शनिबार) मन्त्री भाटले कैलालीको कैलारी गाउँपालिकास्थित हसुलिया र कञ्चनपुरको कृष्णपुरस्थित रैकवारमा पुगेर २१औं राष्ट्रिय धान दिवस मनाएका हुन्। रैकवार मन्त्री भाटकी निर्वाचन क्षेत्र पनि हो।
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/06/1719677647223.jpg)
सो क्रममा कृषक पृष्ठभुमिका मन्त्री भाटले आफैंले हलो जोत्नेदेखि ट्याक्टर (चम्फा) चलाउने र धान रोप्ने लगायतका कार्य गरेका थिए। बिहानैदेखि किसानमाझ पुगेर उनले नागरिकलाई धान दिवस मनाउनेमात्र होइन, उनीहरूलाई सघाउनेसमेत काम गरेका थिए।
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/06/1719677658179.jpg)
त्यस्तै उनले कृषि प्रधान मुलुक नेपालमा त्यसमा पनि सुदूरपश्चिममा मलको अभाव लगायतका समस्याले गर्दा कृषिमा परनिर्भरता बढ्ने जोखिम देखिएकोले सरकारले त्यसको समाधानका लागि काम गर्ने प्रतिवद्धता पनि जनाए। उनले त्यसका लागि सरकार र सम्बन्धित मन्त्रालयसँग पहल गर्ने पनि बताएका छन्।
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/06/1719677639966.jpg)
स्थानीयको बीचमा मन्त्री भाट आफैं पुगेर धान दिवस मनाइरहदा हर्षित भएका कृषकले उनलाई आफ्ना दुखेसोहरु सुनाएका थिए। त्यसक्रममा उनीहरूले मन्त्री भाटलाई आवश्यक पहलका लागि आग्रह गर्दै आफूहरुमाझ पुगेर कृषकका पीडा सुनिदिएकोमा धन्यवाद ज्ञापन पनि गरेका थिए।
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/06/1719677614130.jpg)
कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष असार १५ मा धान दिवस मनाइँदै आएको छ।
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/06/received_1121817925785195-1024x576.jpeg)