काठमाडौँ : अदालतले तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैदको फैसला सुनाएको छ।
जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसुरमा सोमबार यस्तो फैसला सुनाएको हो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ती भराउन समेत आदेश गरेको स्रेस्तेदार सदन अधिकारीले बताए।
यसअघि भण्डारीकै इजलासले असार १० गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज सोमबारका लागि पेसी तोकेको थियो।
बमजनलाई सीआईबीले २०८० पुस २४ गते काठमाडौँबाट पक्राउ गरेर कारबाहीका लागि सर्लाही पठाएको थियो।
जिल्ला अदालत सर्लाहीले पुस २७ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
Facebook Comments Box