काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सव–इन्जिनियर अख्तर हुसेनलाई घुससहति पक्राउ गरेको छ ।
अख्तियारको इटहरीबाट खटिई गएको टोलीले हुसेनलाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
फुङलिङ नगरपालिका-४ न्यूरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस मागेको प्रवक्ता घिमिरेले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
Facebook Comments Box