धनगढीः कैलालीमा चट्याङ पर्दा एक जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१० घूईयाघाटका ७६ वर्षीय हरीलाल राना घाइते भएका हुन। राना सोमबार घरमै बसिरहेको अवस्थामा चट्याङ पर्दा घाइते भएका हुन।
घाइते रानाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Facebook Comments Box