धनगढी : कैलालीमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-११ की २० वर्षीया छोरी सुस्मिता चौधरीको कटैनी खोलामा बगेर मृत्यु भएको हो।
सुस्मिता आज बिहान काठको पुल तर्ने क्रममा अचानक बढेको पानीले बगाएर बेपत्ता भएकी थिइन्। घटना थाहा पाएपछि स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय मसुरियामा खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी निरीक्षक नरेश कुमार ढकालको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगी खोजतलास कार्य गर्दा आजै १२ बजे सुस्मिता चौधरीलाई घटनास्थलबाट करिब १० मिटर दक्षिणमा मृत अवस्थामा फेला पारे।
सुस्मिताको शवलाई पानीबाट बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको र कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।
Facebook Comments Box