धनगढी : बैतडी कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।
पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ भने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नाले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताए।
टिनको छाना भएको भवनमा वर्षाको पानी चुहिन थालेपछि समस्या भएको छ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको उनले बताए। जेलर आवासगृह, सुरक्षा ब्यारेक पनि नभएको भण्डारीले बताए।।
Facebook Comments Box