धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/०८१ मा सुदूरपश्चिमका तीन स्थानीय तहका १८ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको छ ।
आर्थिक वर्ष सकिए लगत्तै स्थानीय तह विरुद्ध चलेका मुद्दाको एकीकृत विवरण आयोगले मङ्गलवार सार्वजनिक गरेको हो ।
जसमा डडेल्धुराको आलिताल गाउँपालिका सहायक प्रशासन चौथो तहका कर्मचारी खेमराज जोशीविरुद्ध नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा यहि असार २३ गते मुद्दा चलाएको छ ।
आयोगले २०८० भदौ १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टसहित १० जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाएको छ ।
यस्तै २०८० साउन ४ गते दार्चुलाको शैल्यशिखर नगरपालिका निमत्ति प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रबहादुर बिष्टसहित ७ जना विरुद्ध गैर काननुी लाभ तथा हानी अभियोगमा मुद्दा चलाएको छ ।
यो संगै देशभरबाट ८१ वटा स्थानीय तहका ४३४ जनाविरुद्ध अख्तियारले विभिन्न अभियोगमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
सूची