काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले क्याप्टेन शाक्यको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको जानकारी दिए।
बुधबार एयरलाइन्सको एएन एएमपी सीआरजे२०० जहाज ०२ रनवेमा उडेलगत्तै दुर्घटनामा परेको हो। जहाजमा १५ जना रहेको प्रारम्भिक जानकारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
११ बजे दुर्घटनामा परेलगत्तै सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन्।
Facebook Comments Box