धनगढी : नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ। बुढाबूढीसमेत रहेका रेशमलाल चौधरी र रन्जिता चौधरीले संयुक्त रुपमा चलाइरहेको सो पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिरा गिरीको कारबाही फुकुवा गरेको हो।
पार्टी अध्यक्ष श्रेष्ठले सोमबारदेखि कारबाही फुकुवा गर्दै दुवै जनालाई पार्टीको यथास्थानमा बहाली गरेको जनाएकी छन्।
नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको बेला अध्यक्ष श्रेष्ठले कारबाही गरेककी थिइन्। झन्डै छ महिनापछि सो कारबाही फुकुवा गरिएको हो।अहिले पार्टी विवाद समाधानतर्फ गएको देखिन्छ।
Facebook Comments Box