काठमाडौं: दरबारमार्गस्थित याक एण्ड यती होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ।
बजार अनुगमनको क्रममा होटलले गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीस्वरुप जरिवाना गरेको हो।
विभागका अनुसार होटलले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेच्नुका साथै म्याद गुज्रिएको सामानसमेत बिक्री गरेको पाइएको छ।
त्यस्तै, काठमाडौं महानगरपालिका–१७, मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई पनि ७५ हजार रुपैयाँ जरिवानाको कारवाही भएको छ। मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेवापत विभागले कारवाही गरेको हो।
Facebook Comments Box