धनगढी: सशस्त्र प्रहरी बल नेपालले कैलालीस्थित त्रिनगर भन्सार क्षेत्रमा कडाई गरेको छ। चाडपर्वमा नेपाल भारत सीमानाका गौरिफन्टा हुँदै सुदूरपश्चिमेलीहरु निरन्तर स्वदेश फर्किरहेका छन्।
सोही क्रममा नेपालीहरुलाई ठगिन नदिन सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कडाई गरिएको जनाएको छ। जसमा त्रिनगर प्रहरी, सशस्त्र प्रहरी बल नेपालका इन्सपेक्टर ध्वज विक्रम शाहीसहितको टोली खटिएको छ।
जसमा टोलीले भारतीय क्षेत्रमा हुने लुट, नेपालमा लिइने अचाक्ली भाडा तथा अवैध लेनदेन गर्ने अटो चालकलाई नियन्त्रणमा लिने कार्य गरिरहेको छ।
यस्तै सशस्त्रले भन्सार छली पनि रोक्न सक्रियता बढाएको जनाएको छ।
Facebook Comments Box