काठमाडौं: नाबालिकालाई प्रवेश दिएको आरोपमा प्रहरीले ठमेलका दुई डिस्कोका कर्मचारीलाई पक्राउ गरेको छ।
सिनेट र फायर क्लबमा छापा हानी काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो।
सनिप महर्जन र सन्देष थापालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ परेकाविरुद्ध बालबालिकासम्बन्धि ऐनअनुसार कारबाही गरिने प्रहरीले कारबाही अघि बढाएको छ। ती क्लबका सञ्चालक भने पक्राउ परेका छैनन्।
क्लबमा १८ वर्षभन्दा कम उमेरका किशोर किशोरी प्रवेश गराउन नहुने प्रावधान छ। तर, डिस्कोमा उमेर खुलाएर प्रवेश गराउने प्रणाली छैन।
Facebook Comments Box