काठमाडौं: नेपाल प्रहरीका एसपी सञ्जयसिंह थापा सम्मानित भएका छन्। उनी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरबाट मंगलबार प्रहरी दिवसको अवसरमा सम्मानित भएका हुन्।
थापा उनै विवादित एसपी हुन्, जो सुन तस्करी प्रकरणमा प्रहरीबाट भएको कमजोरीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको कारबाही सिफारिसमा परेका थिए।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै विभागीय कारबाहीका लागि उनलाई सिफारिस गरिएको थियो।
कारबाही सिफारिसमा परेका बेला उनी जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा प्रमुख थिए। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै उनी नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका थिए।
Facebook Comments Box