धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित ६९ औं प्रहरी दिवस २०८१ कार्यक्रम सम्पन्न भएको छ। विभिन्न कार्यक्रम गरेर दिवस सम्पन्न गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि थिए।
यस्तै उक्त कार्यक्रममा विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमल पोख्रेल, सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशिल वैद्य, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र थिए।
यस्तै अतिथिको रुपमा सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी कैलालीका सहायक रथी किरण केसी, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ वाहिनी अत्तरिया, कैलालीका प्रमुख डीआईजी दिपक अधिकारी, राष्ट्रिय अनुसन्धान विभाग, सुदुरपश्चिम प्रदेश कार्यालयका अनुसन्धान निर्देशक किशोर कुमार श्रेष्ठ, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बासुदेव जोशी, कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, जन प्रतिनिधिहरु, कैलाली जिल्ला स्थित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारी तथा पुर्व प्रहरीहरू, सञ्चारकर्मी, स्थानीय बुद्धिजीविहरू, अमर प्रहरीका आश्रित परिवारजन, समाजसेवी तथा प्रहरी अधिकृत सहितको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यूको शुभ-कामना सन्देश बाचन गरेका थिए।
यस्तै प्रमुख अतिथिले सुदूरपश्चिम प्रदेश अन्तर्गतमा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण गरे।
त्यस्तै उक्त कार्यक्रममा “नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भुमिका” शिर्षकमा रचित उत्कृष्ठ नारा “आँधी हुरी घाम होस चाहे परोस झरी, अपराध नियन्त्रणमा प्रतिवद्ध नेपाल प्रहरी” को लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक दिपक बहादुर धामी र अपराध अनुसन्धान लागायत प्रहरी कार्यमा उत्कृष्ठ सहयोग पुर्याए बाफत दिपायल सिलगढी-६ का वडाध्यक्ष नरेश मलासी सम्मानित भएका थिए।
त्यस्तै ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित ब्याटमेन्टन प्रतियोगितामा बिजेता तथा उप-बिजेता टिमका खेलाडीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो।
यस्तै सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रीलाई मायाको चिनो प्रदान गर्नुका साथै प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अन्य आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यवाद ज्ञापन गरेका थिए।