धनगढी: नेपाल प्रहरीका इन्सपेक्टर दिपक धामीलाई कदरपत्र प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्सपेक्टर धामीलाई प्रहरी प्रधान कार्यालय नक्सालद्वारा प्रदान गरिएको कदरपत्र दिइएको हो।
नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्ने गरी धामीले रचना गरेको नारालाई उत्कृष्ट ठहर गर्दै उनलाई कदरपत्र दिइएको हो।
उनले “नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भुमिका” शिर्षकमा रचित उत्कृष्ठ नारा “आँधी हुरी घाम होस चाहे परोस झरी, अपराध नियन्त्रणमा प्रतिवद्ध नेपाल प्रहरी” लाई उत्कृष्ट ठहर गरिएको थियो।
सोही नाराबापत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित प्रहरी दिवस कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरिएको हो।
Facebook Comments Box