काठमाडौं: सिन्धुलीका एसपी गोविन्द काफ्लेलाई अनर्गल हर्कत गरेको आरोपमा स्थानीयले घेरा हालेर लखेटेका छन्। असोज २९ मा माझिटारबाट उनलाई स्थानीयले लखेटेका हुन्।
साँझपख स्थानीयको घरमा गएर काफ्लेले महिलालाई दुर्व्यवहार गरेको आरोप स्थानीयले लगाएका छन्। तर, काफ्लेले आफूसँग दुई जना इन्स्पेक्टर पनि सँगै रहेको जिकिर गरेका छन्।
घट्नाबारे बुझ्न बागमतीका डीआआईजी कृष्णहरि शर्माले हेटौँडाबाट टोली पठाएका थिए। तर टोलीले कुनै खबर नदिएको उनको दाबी छ।
घटनाबारे प्रदेश प्रहरी कार्यालयले अनौपचारिक छानबिन गरिरहेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालयमा भेला भएका माझिटारका स्थानीयसँग एसपी काफ्लेले ‘क्षमायाचना’ गरेको सिन्धुलीमा कार्यरत एकजना अधिकृतले बताए।
प्रदेशबाट बुझ्न गएको टिमलाई एसपी काफ्लेले इभिनिङ वाकमा जाँदा मदिरा सेवन गरेका स्थानीयले ‘विवाद’ गरेपछि आफू त्यहाँबाट हिँडेको बताएका छन्। काफ्ले गत वैशाखमा सिन्धुलीमा सरुवा भएका थिए।