धनगढी: पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पत्रकार महासंघको चुनावी नतिजा रोचक आएको छ। जहाँ सत्तारुढ गठबन्धनको नेपाली काङ्ग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीतर्फका संयुक्त उम्मेदवार पराजित बन्दा नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका उम्मेदवार विजयी भएका छन्।
जहाँ १ मतले समाजवादीका हिक्मत सिंह विजयी भएका छन् भने युनियनका पुष्कर भण्डारी पराजित बनेका छन्।
त्यहाँ युनियनकै मत क्रस भएको अनुमान गरिएको छ भने अन्य पदाधिकारीसहित एक सदस्यबाहेक अन्य उम्मेदवार पनि समाजवादीसहित प्रेस सेन्टर निकटका संयुक्त उम्मेदवार विजयी भएका छन्। डडेलधुरामा जम्मा ६३ मत खसेको थियो।
अध्यक्षमा विजयी भएका सिंह यस अगाडिका पनि पत्रकार महासङ्घका जिल्ला अध्यक्ष हुन्। यो पत्रकारको चुनावमा नेपाली काङ्ग्रेस विपीका वरिष्ठ नेता कर्ण मल्लको पनि भूमिका रहेको बताइन्छ।