काठमाडौं: पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनको मतगणनामा धाँधली भएको आरोप लागेको छ। अछाममा गडबड भएको भन्दै केही उम्मेदवारहरुले पुनः मतगणनाको माग राखेका छन्।
पत्रकार महासंघ अछाम शाखाको मतगणनामा धाँधली भएको भन्दै सो माग राखिएको हो। प्रेस युनियनका बागी उम्मेदवार प्रदेश समितिको अध्यक्ष, खुला उपाध्यक्ष, समावेशी उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष र केन्द्रीय समिति सदस्यका उम्मेदवारहरुले संयुक्त वक्तव्य जारी गरेर पुनः मतगणनाको माग गरेका हुन्।
मतगणना स्थलमा आफ्ना प्रतिनिधिहरुलाई सहभागी नगराएको र मतगणनामा धाँधली भएको भन्दै फेरि सुरुबाटै मतनगणना गरिनुपर्ने भनेका छन्। यद्यपि निर्वाचन समितिले भने धाँधली नभएको दाबी गरेको छ। सो विषयमा छलफल भैरहेको जनाइएको छ।
Facebook Comments Box