काठमाडौं: नेपाल प्रहरीका विवादित प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाशमा गएका छन्।
उनी उमेरहदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन्। प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ। ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन्।
ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ३ पुग्ने भएको छ।
यसअघि डीआईजीहरु दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई एआईजी बढुवाका लागि सिफरिस गरिएको थियो। उनीहरुले एआईजीको दर्ज्यानी चिन्ह लगाउन बाँकी नै छ।
सिफारिस स्वीकृत भएर बढुवा भएको अवस्थामा रिक्त डीआईजीको संख्या ३ पुग्नेछ।
अवकाशमा जाने डीआईजी ठकुरी उनै डीआईजी हुन्, जो जागिर अवधिमा निकै विवादित बनेका थिए।
केही समय अगाडिमात्रै उनी कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए।उनलाई कर्णालीबाट तानिएको थियो।
ठकुरी मदिरा पिएर नाइट बस चढेको प्रकरणपछि तानिएका थिए। मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा ठकुरीलाई हेडक्वाटर तानिएको हो।
त्यस अगाडि पनि उनी विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित थिए। ठकुरी बेलाबखत विवादमा आइरहन्थे।
र, यो पनि: विवादित ठकुरी डिआईजी हेडक्वाटर तानिए, भट्टराई गए