काठमाडौं: नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गरिने भएको छ। संसदमा पेश गर्न लागिएको प्रहरी विद्येयकमा केन्द्रीय अपराध अभिलेखालय स्थापनाबारे उल्लेख गरिएको छ।
नेपाल सरकार वादी हुने मुद्दासँग सम्बन्धित फौजदारी अपराध र सो सम्बन्धमा भएका फैसलाको अभिलेख राख्न केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न लागिएको बताइएको छ।
अपराध अनुसन्धान र अभियोजन गर्ने संघ र प्रदेश तहका सबै निकायले कुनै पनि अपराध सम्बन्धी मुद्दामा अन्तिम फैसला भएपछि एकप्रति अभिलेखालयमा पठाउनु पर्ने हुन्छ। अभिलेखालयले अपराधको प्रकृति र प्रवृत्ति सम्बन्धमा आवश्यकता अनुसार विज्ञ समेत संलग्न गराई अध्ययन अनुसन्धान गर्न सक्नेसम्म विद्येयकमा उल्लेख गरिएको छ।
यसको आधारमा गृह मन्त्रालयलाई वार्षिक रुपमा नीतिगत पृष्ठपोषण दिनु पर्नेछ। अभिलेखालयमा रहेको अभिलेख विवरणमा तोकिए बमोजिमको अधिकारीको मात्र पहुँच हुने उल्लेख गरिएको छ।
अभिलेखालयमा रहेको अपराधको अभिलेखको आधारमा नागरिकलाई तोकिए बमोजिम चारित्रिक प्रमाणपत्र उपलब्ध गराइनेछ विद्येयकमा उल्लेख गरिएको छ। संसद खुल्नासाथ उक्त विद्येयक संसदमा पठाइनेछ। संसदबाट पारित भएपछि ऐनको रुपमा मान्यता पाएर कार्यान्वयर्नमा जानेछ।