धनगढी: नेकपा माओवादी केन्द्र पार्टीको धनगढी उप-महानगरपालिकाको अध्यक्षमा बलबहादुर ऐर निर्वाचित भएका छन्। माओवादीबाट धनगढी उपमहानगरपालिका ३ का पूर्व वडाध्यक्ष समेत रहेका ऐर अधिवेशनमार्फत निर्वाचित भएका हुन्।
ऐर उनै व्यक्ति हुन्, जो तत्कालीन समयमा स्थानीय निर्वाचनको बेला पनि चर्चामा आएका थिए। यद्यपि उनले चुनाव भने लडेनन्। तर उनीपछि गत निर्वाचनमा धनगढी उपमहानगरपालिका ३ को वडाध्यक्षमा उनकै दाई राजबहादुर ऐर नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।
उनै राजबहादुरका भाई ऐर अहिले निकटतम प्रतिद्वन्द्वी (कैलाली खेलकुद विकास समितिको अध्यक्षसमेत रहेका) ललित खत्रीलाई पराजित गर्दै माओवादीको धनगढी उपमहानगर अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै उपाध्यक्षमा रमेश भट्टराई, राम बहादुर चौधरी, तथा धनबहादुर चौधरी निर्वाचित भएका छन्।
सचिवमा सुरेश सुनार, सह-सचिवमा मुकेस रैका र कोषाध्यक्षमा सविन गिरी निर्वाचित भएका छन्। पार्टीको दोस्रो अधिवेशनबाट ७१ सदस्यीय उप-महानगर समिति निर्वाचित भएको बताइएको छ।