धनगढी: धनगढी उपमहानगरपालिकामा बत्ति बालेर चर्चा कमाएका मेयर गोपाल हमालको कर नीतिले स्थानीय मर्कामा परेका छन्। मेयर हमालले निर्वाचित भएपछि सडकमा बत्ति बालेर झिलिमिली गर्दै केही राम्रा काम गरेपनी व्यवसायी तथा किसानलाई पिरोल्ने नीतिका कारण उनी आलोचनाको भूमरीमा परेका छन्।
यसबीच उनीमाथि नगरप्रहरी, ठेकेदार लगाएर पराल बोक्ने क्रममा पनि कर उठाउन लगाएको आरोप लागेको छ। धनगढीका एक च्याउँ व्यवसायीले सो आरोप लगाएका हुन्।
व्यवसायी मनोज पडालले धनगढी उपमहानगरपालिकाले खटाएको भन्दै अस्ति आइतबार साँझ ठेकेदारले च्याउँ खेतिको लागि धनगढी उपमहानगरपालिकाकै उर्माबाट बोराडाडीतर्फ पराल ल्याउने क्रममा कर उठाएको बताए।
उनका अनुसार धनगढी उपमहानगरले कर उठाउने मामलामा हद नै पार गरेको छ। सोही विषयलाई लिएर उनले सरकारलाई तिर्नुपर्ने कर तिर्दा तिर्दै पनि उपमहानगरले कृषिमा कर नलाग्ने भन्दै प्रचार गरेर कर उठाइरहेको जनाएका छन्।
यसलाई उनले उपमहानगरको रवैयाको रुपमा पनि बुझेको बताएका छन्। उसो त मेयर हमालले घरहरु भत्काउनेदेखि खोलानालाको विषय पनि विवादमै तानिएको छ। यद्यपि उनले भुक्तानी नै गरेर भएपनि केही थान युट्युबर र पत्रकार बोकेर धनगढी ल्याई चर्चा भने बटुल्दै आएका छन्।