धनगढी: सुदूरपश्चिम विश्वविद्यालयमा कार्यकाल सकिनै लागेका रजिष्ट्रार यज्ञराज पाठकले जथाभावी गर्न खोजेको भन्दै तालाबन्दी गरिएको छ।
कार्यकाल सकिन केही घण्टा बाँकी रहेका बेला रजिष्ट्रार पाठकले कानुन विपरीत समयमै निर्माण कार्य नसक्ने निर्माण व्यवसायीलाई गैरकानुनी रुपमा पूर्ण भुक्तानी दिएर पदको दुरुपयोग गरेको आरोप छ।

सोही आरोप लगाउँदै अनेरास्ववियु, राप्रवि संघ र अखिल क्रान्तिकारी बहुमतले विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।
Facebook Comments Box