कञ्चनपुर– नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री बिना मगरको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ ।
वडा नम्बर १ र ५ को मतगणना सम्पन्न हुँदा अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले २ हजार ८ सय २९ मत र उपाध्यक्षका उम्मेदवार शान्ति नाथले ३ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।
यस्तै अध्यक्षमा नेकपा एमालेका अक्कल बहादुर बिष्टले २ हजार १ सय १५ मत ल्याएर कांग्रेसका उम्मेदवारलाई पछ्याउँदैछन् । एमालेका उपाध्यक्षका उम्मेदवार फूलदेवी रानाले २ हजार ५ सय २४ मत ल्याएका छन् ।
यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका इश्वरीदत्त भट्टले ७ सय ३६ र उपाध्यक्षका उम्मेदवार कल्पना गिरीले ६ सय ३५ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १ मा कांग्रेसले अध्यक्षमा १ हजार ८ सय ६५, उपाध्यक्षमा १ हजार ७ सय ७७, एमालेले अध्यक्षमा १ हजार १ सय ६३, उपाध्यक्षमा १ हजार ३ सय ७८ र माओवादी केन्द्रले अध्यक्षमा ५ सय ५४, उपाधयक्षमा ३ सय ३२ मत प्राप्त गरेको थियो ।
यस्तै वडा नम्बर ५ मा कांग्रसले अध्यक्षमा ९ सय ६४, उपाध्यक्षमा १ हजार ५ सय ९१, एमालेले अध्यक्षमा ९ सय ५२, उपाध्यक्षमा १ हजार १ सय ४६ र माओवादीले अध्यक्षमा १ सय ८२ र उपाध्यक्षमा ३ सय ३ मत प्राप्त गरेको थियो ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी मगरको क्षेत्रमा गठबन्धन दलहरु पनि प्रतिस्पर्धामा छन् ।