कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । यसअघि वैशाख ३० गते स्थगित भएको वडामा मंगलबार पुनः मतदान भएको थियो ।
पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना प्यानल निर्वाचित भए । उनले काग्रेसका धिरेन्द्रप्रशाद भट्टलाई ६७ मतको अन्तरले पराजित गरे । रानाले ८४३, भट्टले ७७६ मत ल्याएका थिए । राप्रपाका रतन बहादुर मल्लले २७७ र एमालेका रामबहादुर थापाले ७१ र मत ल्याएका छन् ।
एमालेले काँग्रेसका अध्यक्षलाई मत दिने र काँग्रेसले एमालेलाई चारै सदस्य मत दिने सर्तमा एमाले काँग्रेसका पुनर्वास र उक्त वडाका नेताहरुसंग समन्वय गरेर गठबन्धन गरेकोे आरोप छ ।
उक्त वडामा फर्जी मत हालेको भन्दै एमाले, काँग्रेसका नेताहरुले बखेडा झिकेर पुनः मतदानको माग अघि सारेका थिए ।
Facebook Comments Box