कैलाली– कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी विजयी भएका छन् । गठबन्धनको तर्फबाट कैलारी माओबादीको भागमा परेको भन्दै कांग्रेसले उनलाई कारबाही गरेको थियो । यद्यपि उनले उम्मेदवार फिर्ता नगरि भिड्दै गठबन्धनकै उम्मेदवार लाजुराम चौधरीलाई पराजित गरेका छन् ।
उनले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन् ।
अध्यक्षमा विजयी रामसमझले उम्मेदवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा काँग्रेसका तर्फबाट उनको उम्मेदवारी कायम रहेको थियो । पछि फिर्ता लिएको घोषणा गर्न निर्देशन दिएपनि उनले मानेन् । पार्टीले आधिकारिकता नदिएपनि उनले रुख चिह्नबाटै चुनाव लड्ने अधिकार पाए र विजेता पनि बने ।