काठमाडौं – हेटौँडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीको मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन् । मेयर पदमा ५१,१११ गणना सकिँदा लामाले १५,८२६ मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार अनन्त पौडेल भने १४,९७६ मत पाएर दोस्रो स्थानमा छन् । राप्रपा उम्मेदवार दीपक बहादुर सिंहले १४,४१७ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले २३,००२ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १६,७३५ मत पाएकी छन् । वडातर्फ भने मिश्रित परिणाम आएको छ । हालसम्म हेटौडाका ११ वडाको नतिजा आएको छ भने ७ वडाको जारी छ । यस्तै वडा नम्बर १० को भने गणना हुँन बाँकी छ ।
हेटौंडा उपमहानगरपालिकामा निर्वाचित वडा अध्यक्षहरुको नामावली
वडा नम्बर १ : सविन न्यौपाने (नेपाली कांग्रेस) ९१४६७०
वडा नम्बर २ : विष्णुगोपाल महर्जन (नेपाली कांग्रेस) ९१२५८०
वडा नम्बर ३ : ढलक बहादुर थापा (नेपाली कांग्रेस) ९१५८४०
वडा नम्बर ५ : सुशील घिमिरे (नेकपा एमाले) ९०
वडा नम्बर ६ : विष्णु बहादुर दहाल (नेपाली कांग्रेस) ९११८१०
वडा नम्बर १४ : दिपक खड्का (नेकपा एमाले) ९१७८२०
वडा नम्बर १५ : सुनिल मोक्तान (नेकपा एमाले)
वडा नम्बर १६ : रामकृष्ण कोइराला (नेपाली कांग्रेस) ९२४३८०
वडा नम्बर १७ : उद्धव सत्याल (नेपाली कांग्रेस) ९१३१४०
वडा नम्बर १८ : अनिल कुमार बानियाँ (नेकपा एमाले) ९१८९८०
वडा नम्बर १९ : नरनाथ सुवेदी ‘नवराज’ (नेकपा एमाले) ९१४२३०
जारी र बाँकी रहेका वडा
वडा नम्बर ४ : गणना जारी
वडा नम्बर ७ : गणना जारी
वडा नम्बर ८ : गणना जारी
वडा नम्बर ९ : गणना जारी
वडा नम्बर ११ : गणना जारी
वडा नम्बर १२ : गणना जारी
वडा नम्बर १३ : गणना जारी
वडा नम्बर १० : गणना हुन बाँकी