कञ्चनपुर– कञ्चनपुरमा बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । जिल्लाको कृष्णपुर–४ मा आफ्नै देवरबाट महिला कटिएकी हुन् ।
कुटपिटबाट महिलाको टाउको र शरीरमा चोटपटक लागेको छ । उनको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहको छ । एकल महिलासमेत रहेकी महिलाले माइती देउताको बोक्सी लगाएको भन्दै लामो समयदेखि आफूमाथि कुटपिट हुँदै आएको बताएकी छन् ।
घरमा काम गर्दै गरेको अवस्थामा गाली गर्दै एक्कासी देवरले भाटाले आक्रमण गरेपछि आफू बेहोस भएको उनको भनाइ छ । पीडित महिलाका दुई छोरी र एक छोरा छन् । ठाडो उजुरीका आधारमा कुटपिटमा संलग्न व्यक्तिलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जनाएको छ ।
Facebook Comments Box