काठमाडौं– नाबालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी नाबालिग सहभागीलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
तर, हदम्यादका कारण बलात्कारमा नभई मानव बेचबिखनको मुद्दा उनीमाथि चलाउने तयारी भइरहेका बेला अर्की नाबालिगले आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीकहाँ पुगेपछि उनीमाथि यौन दुर्व्यवहारकै मुद्दा चल्ने पक्का भएको हो ।
तीनै नाबालिगले जिल्ला प्ररहरी परिसरमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । उनलाई सोमबार जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि म्याद लिने तयारी रहेको छ । नाबालिगमाथिको घटना एक वर्षअघिको भएको र पीडित अहिले पनि नाबालिग नै रहेको बताइको छ।
यसअघि सामाजिक सञ्जालमार्फत भिडिओ सार्वजनिक गर्दै सुन्दरी प्रतियोगिताकी सहभागीले आफूमाथि बलात्कार भएको आठ वर्ष पुरानो घटना सार्वजनिक गरेकी थिइन् । जसका कारण बलात्कारसम्बन्धी कानुनबाट हदम्याद हटाउनुपर्ने आवाज बलियो बनेको छ । ति किशोरले न्याय पाउनुपर्छ भन्दै देशव्यापी प्रदर्शन पनि सुरू भएको छ ।