काठमाडौं– कीर्तिपुर नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीका अनुसार किशोरी आइतबार राति बलात्कृत भएकी हुन् ।
किशोरी बलात्कारको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पाँगाका २१ वर्षीय विक्की महर्जनलाई पक्राउ गरेको छ । मंगलबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो ।
किशोरीलाई विवाह गर्छु भनि ललाईफकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Facebook Comments Box