काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारीले इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको खुलेको छ ।
परिषद्का तालिम अधिकृत विजयकुमार झाले शनिबार आफ्नै कार्यकक्षमा बोलाएर आफूलाई दुर्व्यवहार गरेको ती युवतीको आरोप छ । युवतीमाथि यौन दुव्र्यवहार गरेको पाइएपछि उनलाई निलम्बन गरिएको छ ।
आफूमाथि दुर्व्यवहार भएको भन्दै युवतीले दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि उनलाई निलम्बन गरिएको परिषद्का एक अधिकारीले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको र झामाथि थप कारबाही प्रक्रियासमेत अघि बढाइनेछ ।
झाले यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि उनलाई दुई महिना निलम्बन गरिएको थियो ।
Facebook Comments Box