काठमाडौं — सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ ।
न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन बदर, उक्त प्रतिवेदन स्वीकृत गर्ने वन तथा वातावरण मन्त्रालय बदर गर्ने फैसला गरेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।
सर्वोच्च स्रोतका अनुसार आदेशमा उक्त स्थानमा विमानस्थल निर्माण नगरी विमानस्थलका लागि अन्य कुनै स्थान विकल्पको रुपमा प्रस्तुत गर्न समेत आदेश दिएको छ ।
Facebook Comments Box