महेन्द्रनगर – मालिकार्जुन गाउँपालिकाले व्यक्तिगत घर भाडामा लिएर प्रयोग गर्दै आएको घरभाडा सम्झौँता खारेज गरेको छ । व्यक्तिगत घर भाडामा लिएर लाखौ रकम खर्च हुने गरेको भन्दै व्यक्तिगत घरभाडा सम्झौँता खारेज गरेको हो ।
गाउँपालिकाभरीका सबै सार्वजनिक भवनमा कार्यालय सञ्चालन गरिने भएको छ । यसअघि नीजि भाडामा लिएका सबै भवन पहिलो बैठकबाट खारेज गरिएको अध्यक्ष हिरासिह धामीले जानकारी दिए । गाउँपालिकाले सरकारी भवनबाटै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । पालिकाभित्र रहेका सबै नीजि भाडाका घरहरुको सम्झौता रद्ध गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । उहाँले आर्थिक मितव्ययिता अपनाउनको लागि यो निर्णय गरिएको बताउनुभयो । यस्तै गाउँपालिका प्रवक्ताको जिम्मेवारी वडा नम्बर ५ का वडाअध्यक्ष मदनबहादुर चन्दलाई जिम्मेवारी दिएको छ ।
बैठकले यसअघिको सरकारले किनेर उपयोगमा ल्याउन नसकेको डोजरलाई उपयोग ल्याई ग्रामिण सडक बाह्रै महिना संचालन गर्ने निर्णय गरेको छ । वर्षातको समयमा बन्द हुने ग्रामिण सडक वर्षभरी संचालन गर्न स्काईभेटर प्रयोगमा ल्याउने निर्णय गरेको गाउँपालिका प्रवक्ता चन्दले जानकारी दिनुभयो । छ । गाउँपालिका उज्यालो कार्यक्रम अन्र्तगत प्रत्येक वडामा विद्युत विस्तार गरि उज्यालो गाउँबस्ती बनाउने निर्णय गरेको जनाएको छ ।