बैतडी– जिल्ला समन्वय समिति बैतडीको निर्वाचन आज हुँदैछ । अहिले बिहान ७ बजेदेखि मतदान सुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान ९ बजेसम्म चल्ने छ ।
गठबन्धन दलसंगै स्वतन्त्र एकातिर छन् भने एमाले एक्लै छ । प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी उम्मेदवार छन् भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी रहेको छ ।
यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवर र एमालेबाट हेमा भट्ट चुनावी मैदानमा रहेका छन् ।
यस्तै खुला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा नेकपा माओवादी केन्द्रका प्रेमसिंह भाटको उम्मेदवारी रहेको छ । एमालेबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकको उम्मेदवारी रहेको छ ।
यस्तै तीन महिला सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका यशोधा चन्द र हरु नेपाली तथा नेकपा माओवादी केन्द्रका निर्मला भट्टको उम्मेदवारी रहेको छ । यस्तै एमालेबाट चन्द्रा जोशी र यशोदा महराको उम्मेदवारी परेको छ ।
यस्तै एकजना दलित सदस्यका लागि गठबन्धनबाट स्वतन्त्रका हरना सार्की र एमालेबाट द्रोपती दयालको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।