काठमाडौं – संक्रमणकालिन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण रहेको भन्दै द्वन्द्व पीडित समुदायले प्रदर्शन गरेका छन् ।
उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्यायहुने गरि कानुन बनाउनुपर्ने उनीहरुको माग छ ।
काठमाडौंको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरुले ऐन संशोधन प्रक्रियामा पीडितहरुसँग सार्थक परामर्श गर , दण्डहिनतालाई प्रस्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरु खारेज गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नयाँ कानुनले आफूहरु थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।
Facebook Comments Box