काठमाडौं – धौलागिरी लघुवित्तले ३ लाख ९ हजार कित्ता आइपीओ जारी गर्दैछ। मंगलबार (साउन २४) बाट खुला हुने दरखास्तका लागि एक साताको अवधि छ। लघुवित्तले जारी पुँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँकोे साधारण सेयर जारी गर्न लागेको हो। सेयर अंकित मूल्य प्रतिकित्ता १०० का दरले ३ लाख ३१ हजार कित्ता छ।
जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार १ सय ५५ कित्ता कर्मचारीका लागि तथा सर्वसाधारणलाई छुट्याइएको सेयरको ५ प्रतिशतले हुन आउने १६,५५० कित्ता सामूहिक लगानीका लागि छुट्याइएको छ। त्यसपछि बाँकी हुन आउने ३ लाख ९ हजार २ सय ९५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको छ। सेयर खरिदका लागि सर्वसाधारणले साउन २४ देखि २९ गतेसम्म आवेदन दिन सक्नेछन्।
उक्त समयसम्म पर्याप्त आवेदन नपरे भदौ ७ सम्मका लागि अवधि थपिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।आइपीओका लागि दरखास्त आवेदन सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर एपबाट दिन सकिन्छ।