काठमाडौं – राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
बैठक केही बेर अघि सुरु भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।
यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरूबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले बताए ।
बैठक सोमबार र मंगलबार पनि बस्नेछ ।
Facebook Comments Box