काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसइइ) ग्रेड वृद्धिका लागि दार्चुलामा केन्द्र तोकिएका छन् । जिल्लामा एसइइको ग्रेड वृद्धिका लागि पाँच ओटा केन्द्र तोकिएका हुन् ।
जिल्लाको मालिकार्जुन नमुना मावि धाप, छन्ना तिंकरी कन्या मावि खलंगा,महेन्द्र नमुना मावि खलंगा क,महेन्द्र नमुना मावि खलंगा ख तथा महेन्द्र नमुना मावि खलंगा ग केन्द्रमा एसइइको ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका कार्यालय प्रमुख जय राज पन्तले जानकारी दिए ।
उनका अनुसार मालिकार्जुन नमुना मावि धापमा महाकाली नगरपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिन पाउने छन् भने छन्ना तिंकरी कन्या मावि खलंगाबाट जिल्लाको शैल्यशिखर नगरपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिन पाउने बताइएको छ ।
यस्तै महेन्द्र नमुना मावि खलंगा क,केन्द्रबाट जिल्लाको व्यासँ मार्मा र लेकम गाउँपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिन पाउने बताइएको छ । महेन्द्र नमुना मावि खलंगा ख केन्द्रबाट नौगाड दुहुँ अपि हिमाल गाउँपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिने छन् ।
महेन्द्र नमुना मावि खलंगा कै ग केन्द्रबाट जिल्लाको मालिकार्जुन गाउँपालिकाभरीका सम्पुर्ण ग्रेड वृद्धि परीक्षार्थीहरुले परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार मालिकार्जुन नमुना मावि धापमा ५२८ जना विद्यार्थीहरुले परीक्षा दिने छन भने छन्ना तिंकर कन्या माविबाट २७१ जना विद्यार्थीहरुले परीक्षा दिन पाउने छन् ।
यस्तै महेन्द्र नमुना मावि खलंगा क,केन्द्रबाट ५२७ जना महेन्द्र नमुना मावि खलंगा ख,केन्द्रबाट ४८६ तथा महेन्द्र नमुना मावि खलंगा ग केन्द्रबाट २६३ जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा यो वर्ष १हजार ९ जना छात्र तथा १ हजार ६६ जना छात्रागरी जम्मा २ हजार ७५ जना विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षा दिन लागेको समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । परीक्षा विहान ८ बजे देखि संञ्चालन हुने छ ।
उत्तरपुस्तिका भोली देखि केन्द्रमा पठाइने तथा भोली नै केन्द्राध्यक्षहरुको टुंगो लगाइने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । एसइइको ग्रेड वृद्धिका परीक्षा यहि भदौ ११ र १२ गते हुँदैछन् । एक मात्र विषयको ग्रेड वृद्धि गर्नेको ११ गते र एक विषय भन्दा बढी विषयको ग्रेड वृद्धि गर्ने विद्यार्थीको परीक्षा ११ र १२ गते हुने बताइएको छ ।