काठमाडौं – वर्तमानसहित भूपू दुई सेनापति,थुप्रै तीन तारे र केही एक-दुई गरी झण्डै ७० जना पुराना जर्नेललाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले रात्रीभोज छलफल आयोजना गरेको २० घण्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवा अहिले जङ्गी अड्डा छिर्नुभएको छ । ४ वटै कमाण्डका सेनापतिहरुलाई आज दुई दिने चुनावकेन्द्रित बृफिङ्गका निम्ति भद्रकाली डाकिएको छ ।
राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले आज सोही भेलाको उदघाटन गर्न लाग्नुभएको हो । सम्भवत: यसमार्फत हिजो शीतल निवास भेलाको उपादेयतालाई काउन्टर दिन लागिएको पनि हुनसक्ने पर्यवेक्षकहरुको आकलन छ ।
Facebook Comments Box