काठमाडौँ – काठमाडौँमा बनाइएका अवैध संरचना र बेसमेन्ट भत्काउन थालेपछि व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घको आकस्मिक बैठक बसेको छ ।
आज बसेको वाणिज्य सङ्घ काठमाडौँको बैठकले काठमाडौँ महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतङ्कित गरेको आरोप लगाए ।
३५ दिने सूचना जारी गरेको भएपनि व्यक्तिलाई जानकारी नदिएको व्यवसायीको जिकिर छ । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौँका मेयर बालेन्द्र साह आफैँ मैदानमा खटिएका छन् । मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको आरोप छ ।
Facebook Comments Box