काठमाडौं – काठमाडौं महानगरपालिकाले बनस्थलीस्थित ढुंगेधाराको अवैध संरचनामा डोजर चलाएको छ ।
नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो । बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ । ढुंगेधारा अवैध रुपमा घरटहरो बनाएको थियो ।
अवैध संरचना भत्काउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।
महानगरका मेयर बालेन साहले बुधबार अवैध रुपमा बनाएको संरचना हटाउन निर्देशन दिएका थिए । यसअघि महानगरले बिहीबार बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधबार काठमाडौं महल अगाडिको संरचना हटाएको थियो ।
Facebook Comments Box