दार्चुला – दार्चुलामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढदै गएको पाइएको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो ।
गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै जिल्ला भरी २३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गत आर्थिक वर्षको साउन देखि असार समान्त सम्ममा २३ जनाले आत्महत्या गरेको जनाएको छ । जिल्लामा गत वर्ष जम्मा २३ जनामध्ये ७ जना पुरुष, दुई जना बालिका बालक दुई अन्य १२ जना महिला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरका अनुसार अधिकाशंले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । प्रहरी कार्यालय दार्चुलाका अनुसार गत वर्षको साउन महिना महिनामा १ जना महिला २ जना गरी ३ जनाले आत्महत्या गरेको पाइएको छ भने भाद्र महिनामा पनि १ जना महिला २ जना पुरुषगरी ३ जनाले आत्महत्या गरेका छन ।
यस्तै कार्तिकमा १ जना पुरुषले आत्महत्या गरेका छन ।मंसिरमा २ जना बालकले आत्महत्या गरेका छन । पुषमा ३ जना महिलाले आत्महत्या गरेको देखिको छ । माघमा १ जना महिला १ जना पुरुष १ जना बालिकागरी ३ जनाले आत्महत्या गरेका छन । चैत्र महिनामा ५ जना महिला १ जना बालिका गरी ६ जनाले आत्महत्या गरेका छन ।
जेठमा २ जना पुरुष तथा असारमा समान १ जना महिला एक जना पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८मा पनि दार्चुला जिल्लामा २१ जनाले आत्महत्या गरेको पाइएको छ । प्रविधिको प्रयोगले जिल्लामा आत्महत्याको संख्या बढाएको प्रहरीको बुझाई रहेको छ । मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेको प्रहरीको तथ्याङले देखाउने गरेको छ ।