काठमाडौं – आगामी निर्वाचनमा डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।
नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरेको बताएका हुन् ।
उनका अनुसार बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड्ने निर्णय गरिएको हो।
केन्द्रीय गठबन्धनले सबै जिल्लाहरुमा गठबन्धन र भागवण्डाका आधारमा निर्वाचनमा जाने निर्णय गरेको थियो।
Facebook Comments Box