काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभा सदस्यमा केन्द्रीय सदस्य शंकर भण्डारीलाई सिफारिस गरेको छ । आइतबार बसेको अछाम जिल्ला कमिटीको बैठकले भण्डारीलाई अछाम क्षेत्र नम्बर २(ख)बाट उम्मेदवार सिफारिस गरेको हो ।
उनी एकीकृत समाजवादीको अछाम जिल्ला सहइन्चार्ज समेत हुन् । कमलबजार नगरपालिका वडा नं ६ सेउलेमा जन्मेका भण्डारी पढाइमा समेत अब्बल थिए । उनी आफ्नो ब्याचको एसएलसीमा जिल्लाभरमा तेस्रो भएका थिए । हाल उनी राजनितीशास्त्रमा बिद्याबारिधी गर्दै छन् । संसारका २३ देश भ्रमणको अनुभव बटुलेका भण्डारी बिश्वका विकसित देशहरुको विकासको अबस्थालाई नजिकबाट नियालेका छन् ।
अष्ट्रेलिया , कोरिया , बेलायत , पोर्चुगल ,जापान , थाइल्यान्ड , कतार , स्वीट्जरल्याण्ड ,फिनल्याण्ड , मलेशिया , हङकङ, भारत, डेनमार्क ,बहराइन ,जर्मनी , बेल्जियम , नेदरल्याण्ड , इटली , स्पेन , फ्रान्स,नर्बे, युएई र स्वीडेन लगायतका मुलुकहरूको भ्रमण गरिसकेका छन् । त्यहाँको बस्तुस्थित र विकासको अबस्थाबारे अध्ययन ,अवलोकन गरेका उनले नेपालले ती देशको विकास मोडेलबारे अध्ययन र अनुशरण गर्नुपर्ने बिषयमा जानकारी लिएको बताउँछन् ।
उनका बिभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकामा दर्जनौं आर्थिक, सामाजिक र राजनीतिक बिषयमा केन्द्रित लेख रचनाहरु प्रकाशित भइसकेका छन् ।
देशैभरका थुप्रै रेडियो टलिभिजनमा अन्तर्वाता दिएका भण्डारी एक समाजसेवी पनि हुन् । उनले राजनीति संगै संगै सामाजिक काम पनि गरिरहेका छन् । चाहे कोरोना कालमा होस् या बाढी पहिरोले पिडीत बनेको बेला होस् सदैब सहयोगी भावनाले ओतप्रोत भएका उनी सहयोग गर्न हरदम तयार हुन्छन् । दुखमा परेका अछामबासी लगायत अन्यलाई सधै सहयोग गरि एक कुशल समाजसेवीको परिचय पनि बनाएका छन् ।
एक बौद्धिक युवा नेता , राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रको ज्ञान र अनुभव बोकेका उनी यस पटक अछामबाट गठबन्धनले सहस्र स्वीकार गर्नेमा बिश्वस्त छन् । अछामका गठबन्धनमा आबद्ध अन्य दलका नेता समेत भण्डारीलाई उनको पार्टीले उम्मेदवारमा सिफारिस गरेसँगै निर्विकल्प बनाउनुपर्नेमा जोड दिएको स्थानीय नेताहरु बताउँछन् । सक्षम र योग्य ब्यक्ति यसपालीको निर्वाचनमा अछामले पाउनुपर्छ भन्नेमा अन्य दलका नेताको समेत एक मत रहेको गठबन्धनका एक नेताले बताए । अछामी जनता र गठबन्धनले न्याय गर्नेमा ढुक्क रहेको ती नेताको भनाइ छ ।