दिपक धमाला काठमाडौं – नेकपा (एमाले) अछाम क्षेत्र नम्बर २ बाट प्रदेश शभामा (क) बाट समानुपातिक तर्फ निर्मला धमाला न्याैपानेकाे नाम सिफारिष भएको छ । न्याैपाने नेकपा एमालेकाे आठौं जिल्ला महाधिवेशनबाट लाेकप्रिय मतका साथ विजयी एमाले अछामकाे जिल्ला कमिटी सदस्य हुन ।
बिगत १५ बर्ष देखि अनेरास्ववियुबाट सकृय राजनीति गर्दै नेकपा (एमाले) प्रतिनिधि शभा क्षेत्रिय कमिटी क्षेत्र नं. २ काे दुई कार्यकाल सचिवालय सदस्य भइसकेकी न्याैपाने पार्टीको तुर्माखाँद गाउँपालिकाकाे सचिवालय सदस्य तथा प्रचार विभागकाे इन्चार्ज समेत भइसकेकी छिन ।
निरन्तर १५ बर्षदेखि समाजसेवा र राजनीतिमा सक्रिय न्याैपानेले हालसम्म कुनै प्रकारको लाभकाे पद नलिएकाे र आफू युवा भएकोले जोँस जाँगरका साथ अग्रजहरुको मार्गदर्शनमा ,देश र समाजकाे हितका लागि सहि मार्गमा हिड्ने प्रतिबद्धता जनाइन ।
यस्तै, प्रतिनिधि शभाका लागि माननीय यज्ञबहादुर बाेगटीकाे एकल नाम सिफारिस गरिएको छ भने उक्त प्रदेश शभा क्षेत्रमा प्रत्यक्ष तर्फ बमबहादुर बि.सी., भीमबहादुर बिष्ट, कमल रावल, नन्दसिंह चलाउने, प्रेम खत्री र सिद्धादेवी शाहीको सिफारिस भएका छ्न ।