काठमाडौं- कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रले संघ र प्रदेशका लागि नाम सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिले प्रतिनिधि सभाका लागि कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम माथिल्लो कमिटीलाई पठाएको हो।
चौधरी २०६४ मा माओवादीबाट निर्वाचित संविधान सभा सदस्य हुन्। केही समयअघि मात्रै जसपाबाट माओवादी केन्द्र प्रवेश गरेका चौधरीको नाम प्रतिनिधि सभामा मात्र होइन प्रदेश सभामा पनि सिफारिस गरिएको छ।
प्रदेश‘क’तर्फ प्रत्यक्षमा चौधरीसहित लक्षीराम आचार्यको नाम पनि दुवैतर्फ छ। त्यस्तै, हरि राम चौधरी ‘उत्सव’, मदनराज जोशी, लक्ष्मीप्रसाद दाहाल, हरि जोशी र उद्धव राज भट्टराई को नाम प्रदेशमा पठाएको हो।
हरि राम चौधरी अहिले माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यमा छन्। प्रदेश ‘ख’तर्फ प्रत्यक्षमा मेघराज भट्ट, हुकुम साउँद, देवेन्द्र शाही, तिलक चौधरी र विमल साउँद को नाम सिफारिस भएको छ।