काठमाडौँ – प्रतिनिधिसभाको शनिबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
शनिबार १ गतेका लागि आह्वान गरिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा अर्को बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । ुमिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्ने नसक्ने भएकोु भन्ने सूचनामा उल्लेख छ ।
सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेगरी समय तोकेका छन् ।
Facebook Comments Box