काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताएका हुन् ।
‘मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ । नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्ने सकिने छ’ उनले भने ।
दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक पर्ने भन्दै देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोग चाहिने धारणा राखे ।
प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक उन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताए ।
Facebook Comments Box