महेन्द्रनगर – सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजनामा लागूऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जि.प्र.का.कञ्चनपुरको समन्वय र भिमदत्त न.पा. वडा नं. १२ को सहकार्यमा तथा व्यवस्थापनमा ऐ. वडा कार्यालयको सभाहलमा विभिन्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिवावक, विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न संघ संस्थाहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले लागूऔषधबारे समाजमा देखा परेका असर, रोकथाम तथा लागूऔषध दुर्ब्यशनी सम्बन्धी छलफल तथा अन्तरक्रिया गर्दै कार्यक्रममा उठेका विद्यार्थी, शिक्षक र अभिवावकहरुका जिज्ञाशाहरुलाई जवाफ समेत दिनु भएको थियो ।
Facebook Comments Box