धनगढी – कैलालीको धनगढीमा डाक्टर गोविन्द केसीले सोमबारदेखि २०औं सत्याग्रह थालेका छन्। स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता मानिएका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका हुन्।
लामो समयसम्म पानी बाहेक अन्य खानेकुरा नखाँदा डाक्टर केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए।
मंगलबार दिउँसोसम्म सामान्य रहेको डाक्टर केसीको स्वास्थ्यमा रातिबाट भने समस्या देखिन थालेको हो। डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा घट्न थालेको छ भने पिसाबमा क्रेटिन बढेको मेडिकल रिपोर्टमा देखिएको छ।
डाक्टर केसीले विभिन्न ७ वटा माग राखेका छन्। डाक्टर केसीको सत्याग्रहको बुधबार तीन दिन पुगे पनि सरकारी पक्षबाट भने वार्ताका लागि कुनै पहल भएको छैन। तर सत्याग्रही केसीको स्वास्थ्य अवस्था भने बिग्रदै गएको छ।
Facebook Comments Box